निराकरण सम्वाददाता अछाम:सुशासन र पार्दशिताका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम बान्निगढी जयगढ गाउँपालिका गाज्रामा सम्पन्न भएको छ।
वडा नं १ गाज्राका वडा अध्यक्ष हिरण्ड बहादुर खड्काको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा वडाले आार्थिक बर्ष २०७६/ ७७ मा गरेका गतिविधिको बारेमा वडा सचिव दुर्गा ढुंगानाले
जानकारी गराएकि थिईन।
वडाले आर्थिक बर्ष २०७६/ ७७ मा ४३ लाखको आय व्याय प्रस्तुत गरेको छ। सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको सम्वधित निकायले उत्तर दिएका थिए।
वडाले आर्थिक बर्ष २०७६/०७७ मा विभिन्न सिफारिस बाट २८ हजार २ सय ३० राजश्व संकलन गरेको छ। सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला समन्वय समिति अछामका सदस्य शिव बहादुर तिरुवा प्रमुख अथिती रहेका थिए भने बान्निगढि जयगढ गाउँपालिका कार्यपालिका सदस्य अारति कुवर खड्का ,सुरज सुनार बिशिस्ट अथिति रहेका थिए।कार्यक्रममा वडा सदस्य भरत सुनार, पार्वती कडारा वडा नं १ गाज्रा बासिको उपस्थिति रहेको थियोे ।