Advertisement
SKIP THIS
अछामका बन हरुमा जथाभावी डढेल‍ो: नियन्त्रणमा स्थानीय निकाय मौन

निराकरण सम्वाददाता अछाम:अछामका सामुदायिक बन हरुमा जथाभावी डढेल‍ो लागेको छ ।

जिल्लाका विभिन्न साना ठुला सामुदायिक तथा कबुलियत बन हरुमा डढेलो लागेपनि निभाउन भने कसैले चासो देखाएका छैन ।

बनको सरक्षण सम्बर्दन र उपयोग गर्ने अधिकार स्थानीय सरकारको रहेपनि बन डढेलो लाग्दा समेत स्थानीय सरकारले बनमा लागेको निभाउन कुनै ध्यान दिएका छैनन् ।

यता साफेबगर नगरपालिका वडा नं १३ बाब्लाको साविकको ३ र ८ को राक्से सामुदायिक वनमा लागेको आगो लागेको छ।वनमा लागेको आगो निभाउन केही युवा हरु लागेपनि नियन्त्रणमा आउन नसकेको स्थानीय धुर्ब बटालाले बताए ।

बन ऐन अनुसार बनमा डढेलो लगाउने वा आगलागी हुने कार्य गर्नेलाई नोक्सान भएको काठपात बिगो असुल गरी थप १० हजार जरिवाना वा एक बर्ष वा दुबै सजाय हुनसक्ने व्यवस्था रहेको छ ।

स्थानीय सरकार सचालन ऐन २०७४ अनुसार पालिकाको काम कर्तव्य र अधिकार अन्र्तगत सामुदायिक बन,ग्रामिण तथा शहरी बन,धार्मिक बन,कबुलियती बन र साझेदारी बनको संरक्षण, सम्वर्दन, उपयोग अनुगमन र नियमन तथा बन उपभोक्ता समुहको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारकालाई रहेको छ ।

तपाईको प्रतिक्रिया