गीता कुँवर,अछाम: अछाममा नेकपाबाट निवार्चीत वडा अध्यक्षको मेडिकल सि’ल गरिएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्षले संचालन गरेको निजि मेडिकल सि’ल गरेको छ ।
वडाध्यक्ष सागर सिह बाब्लीले साँफेबगर नगरपालिका वडा नम्बर १३ मा सञ्चालन गरेको मेडिकल १५ दिनका लागी प्रशासनले सि’ल गरेको जनाएको छ ।
अनुगमनका क्रममा नियम बिपरित सञ्चालन गरेको भन्दै बाब्ली मेडिकल हल सि’ल गरेको जिल्ला प्रशासन अछामले जनाएको छ ।
मेडिकलबाट म्याद गुज्रेका औषधी र भेटेरीनरीका सामाग्री समेत विक्रि गर्ने गरेको पाईएपछि कार्वाहि स्वरुप मेडिकल सिल गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए ।
बाब्ली नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् । मेडिकल १५ दिनका लागि हिजो शनिबार सि’ल गरिएको हो ।