अछाम:दैलेखमा अछाम आउदै गरेको फोर्स गाडी दुर्घटना ६ जना घाइते भएका छन् ।बुधबार दैलेखको गुराँस गाउँपालिका–१, मैनेखोलामा करिब ८:३० बजे सुदूरपश्चिम प्रदेश ०१-००१-ख-३०७२ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो।गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
गाडीमा सवार ६ जनामध्ये ४ जना घाइते भएका छन् भने २ जन जना सकुशल रहेका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि सुर्खेत अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरिक्षक पुष्प राज रोकायले बताए ।घाइते मध्ये अछाम कमलबजार नगरपालिका–६ हात्तिबाजका चक्र शाही र महिला सुमन शाहीको पहिचान खुलेको छ ।










