Advertisement
SKIP THIS
कांग्रेस अछाम, उपसभापतिको जिम्मेवारी नयाँराम बजगाई लाई

अछाम: नेपाली कांग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुंगानाको राजीनामा स्वीकृत भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन मार्फत पाटी सभापति भरत कुमार स्वारले नेपाली काङ्ग्रेस पाटी भित्र विधि पद्धती छैन ,आत्मसम्मान,मुल्यांकन नहुनु भन्ने कुरा निराधार मात्रै भएको बताउदै स्वारले राष्ट्रियता,लोकतन्त्र,शिरोधार्य गर्दै सामाजिक न्यायको पक्षमा निरन्तर संघर्समा रहेको पाटी नेपाली काङ्ग्रेस पुर्ण रुपले बिधि,बिधान र पद्धतिमा संचालनमा रहदै सबैको सम्मान ,मुल्यांकन र संरक्षण गर्दै आइरहेको बताए ।

साथै उहाँले ब्यक्तिगत स्वार्थ भन्दा राष्ट्रिय स्वार्थमा बिश्वास गर्ने पाटी विधि पद्धतिमा नचलेको भनी प्रचार बाजि गर्ने काम कदापि सत्य नरहेको दाबी गरे।

सभापति स्वारले उपसभापति ढुंगानालाई बेला बेलाम सम्झाउने र सहमतिमा ल्याउने प्रयास गरेपनि नेता ढुंगानाले पाटिको हित बिपरित क्रियाकलाप गर्दै आएकोले अन्ततः उहाँले दिएको राजीनामा पत्र स्वीकृत गर्न बाध्य भएको बताए ।पार्टी विधान र पद्धति अनुसार नचलेको भन्दै ढुंगानाले केही दिन अघि राजीनामा दिएका थिए ।

नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वारका अनुसार यसअघि पनि ढुंगानाको राजीनामा आएको थियो । तर, पार्टीले स्वीकृत गरेको थिएन ।

पटकपटक अस्विकृत गर्न सक्ने अवस्था नहरेकाले ढुंगानाले राजीनामा दिएको करिब एक हप्तापछि स्वीकृत गरिएको हो।

ढुंगानाको राजीनामा स्वीकृत भएसँगै पार्टीले नेपाली कांग्रेस का जिल्ला कार्यसमिति सदस्य नयाँराम बजगाईलाई उपसभापतिको जिम्मेवारी दिएको छ

तपाईको प्रतिक्रिया