टीकापुर : टीकापुर अस्पतालले एक व्यक्तिको ब्लड ग्रुप चेकजाँच गर्दा फरकफरक फरक देखाएको छ । टीकापुरका गिता आचार्यले ब्लड ग्रुप चेक गराउदा पहिलो पटक ओ पोजिटिभ र दोश्रो पटक चेक गराउदा ओ निगेटिभ देखाएको छ ।
यसैगरी पूनः ब्लड गु्रप चेक गराउनु पर्ने भएपछि धनगढी स्थित नवजिवन अस्पतालमा उनको ब्लड ग्रुप ओ पाजिटिभ आएको छ । ब्लड गु्रप चेक गराउदा कसैले ओ निगेटिभ र कसैले ओ पोजिटिभ देखाउदा अब कसको बिश्वास गर्ने आचार्य दोधारमा भएको बताउछिन ।
रामी वा कुनैपनि कारणबस ब्लड ग्रुप चेक गराउदा टीकापुर अस्पतालको प्रयोगशाला सेवाले यस्तो लापरवाही गर्छ भने त्यस्ता कर्मचारी माथि का’रवाही हुने कि नहुँने एक स्थानिय वासिन्दाले प्रतिप्रश्न छ बिगतका दिनहरुमा समेत टीकापुर अस्पतालका स्वास्थ्यकर्मीको चरम ला’परवाही रहेको समेत स्थानिय वासिन्दा बताउछन ।
टीकापुर अस्पतालको डेलिभरी वार्डमा कार्यरत कर्मचारीको चरम लाप’रवाहीले दुर्गा थापाको आफ्नो साढे ३ महिनाको छोराले दुःख पाएको थियो । टीकापुर अस्पतालमा नर्मल डेलिभरी भएको तर बच्चा जन्मेदेखि लगातार रुन थालेपछि काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गर्दा दाँया हातका तीनवटा नशा तन्किएकाले हात चल्न नसकेको पत्ता लागेको जानकारी दिईन ।