Advertisement
SKIP THIS
अछाममा पहिलो चरणमा ११ सय ७७ जना कोरोना खोप लगाए

अछाम : जिल्ला अस्पतालमा जारी रहेको कोभिड १९ बिरुद्धको खोप अभियानको पहिलो चरण कार्यक्रम सकिएको छ।

५ दिन सम्म चलेको खोप अभियानमा जिल्लाका ११ सय ७७ जना लक्षित समुहले कोरोना भाईरस कोभिड १९ बि’रुद्धको खोप लगाएका छन् ।

आज अन्तिम दिन २ सय ३८ जनाले कोरोना बि’रुद्धको खोप लागाएका छन । स्वास्थ कार्यलय अछामका नायब सुब्बा झपट बहादुर थापाका अनुसार १ सय ८ महिला र १ सय ३१ पुरुष गरी जम्मा २ सय ३८ जनाले खोप लगाएका बताए।


जसमा ८७ जना स्वास्थ्यकर्मी, ४६ जना अन्य सहयोगी कर्मचारी, ५४ जना महिला स्वास्थ्य स्वयं सेविका, ३ जना सरसफाईकर्मी, १ जना एम्बुलेन्स चालक र ४८ जना श’ब ब्यबस्थापनमा खटिने सुरक्षाकर्मी रहेका छन्।

तपाईको प्रतिक्रिया