बिक्रम खड्का डोटी: डोटीको पुर्बीचौकी पालीका वडा नम्बर ७ पोखरीमा रहेका २ सय ७ जना जेष्ठ नागरिक,अपाङ्गता भएका व्याक्ति र एकल महिलाहरुलाई न्यानो लुगा बितरण गरीएको छ ।
मानविय सेवामा अनेकोै प्रयास संस्था धनगढीको सहयोगमा उक्त सामाग्री बितरण गरियको हो ।
न्यानो लुगा बितरण कार्यक्रम मा बोल्दै संस्था का अध्यक्ष तथा समाजसेवी भक्तराज जोशीले हामि निरन्तर मानव जातिको सेवा मा लागिरहेका छौ यिन्यानो लुगा वितरण सँगै हामि विभिन्न कार्य गर्दै आएका छौ आज यो वडाको बिपन्न बर्गका नागरिक हरुलाई लुगा बितरण गरे सँगै यसैगाउपालिका बिभिन्न वडाहरुमा हामिले आउँदो कार्यक्रममा निकट भविष्यमै न्यानोलुगा सहित अरुराहात सामाग्रि बितरण गर्नै छौ समाज लाइ सचेतिकरण सँगै केहि व्याक्ति हरुलाइ राहात पुगोस भन्ने हेतुले हामिले यिर यस्तै कार्यक्रम गर्दै आएका छौ उनले भने।
त्यस्तै बितरण कार्यक्रममा बोल्दै वडा नम्बर ७ का वडा अध्यक्ष प्रकाश साउले जाडोको समयमा चिसोबाट बच्नका लागी वडामा रहेका बिपन्न बर्गका नागरिकहरु लाई न्यानो लुगा केहि मात्रामा भएपनि सहयोग पुग्ने बताए ।
पोखरीमा रहेका जेष्ठ नागरिकको स्वास्थ्या र महिलाहारुको अंगखस्ने समस्या लाइ मध्यनजर गर्दै संस्थालाइ स्वास्थ शिबिर सन्चालन गर्नुपर्ने कार्यक्रमका वक्ता तथा समाजसेवी कुबेर खड्कालेले आग्रह गरे।
यस्ता विभिन्न कार्यक्रम लाइ स्थानीय र समाजसेवि भएका खातिर हरदम सहयो गर्ने स्वागत को लागि आफुतयार भएको पनि खड्का ले प्रतिवद्धता जाहेर गरे। कार्यक्रममा स्थानिय समाजेबि, महिला र सर्वसाधारणको उपस्थिति रहेको थियो।









