Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिका द्वारा ७८ जना ज्येष्ठ नागरिक लाई न्यानो कपडा बितरण

निराकरण सम्वाददाता अछाम:बान्नीगढी जयगढ गाउँपालिका द्वारा ७८ जना ज्येष्ठ नागरिक लाई न्यानो कपडा बितरण गरिएको छ।

बान्नीगढी जयगढ गाउँपालिका महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वडा नं १ गाज्रा वडा नं २ जनालिकोट, वडा नं ३ वर्दादेवि,वडा नं ४ तिमिल्सिना,वडा नं ५ कालिका र वडा नं ६ दर्ना गरि ७८ जना जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरिएको गाउँपालिका महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अप्सरा कुवरले निराकरण खबरलाई बताईन।

बान्निगढी जयगढ गाउँपालिकाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितरण गर्ने कार्यक्रम मंसिर महिनामै गाउँपालीकामा सुरु गरिए पनि गाउँ पालिकामा एका एक को’रोना सं’क्रमित बढ्दै गएकाले केही ढिलो हुन गएको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कुवरले बताईन।

वडा हरुले सिफारिस गरेका आधारमा वडामा बिपन्न पछाडि परेका छोरा बुहारीको समेत आर्थिक अवस्था कम’जोर भएका नागरिक छनोट गरि न्यानो कपडा बितरण गरिएको उनले बताईन।

न्यानो कपडामा महिलाहरुलाई सल,स्विटर,टोपी र पुरुषहरुलाई ज्याकेट,टोपी र गलबन्धी रहेका थिए।

तपाईको प्रतिक्रिया