धनगढी: अभियान सञ्चालन गरेर खरिद गरिएको शव वाहन टीकापुर अस्पताललाई हस्तान्तरण गरिएको छ। आइतबार टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशन नेपालले अस्पताललाई शव वाहन हस्तान्तरण गरेको हो।
टीकापुर सरोकार समूहका संयोजक वरिष्ठ पत्रकार प्रशान्त अर्याल र फाउण्डेशनका दीर्घराज उपाध्याय, पुष्कर ओझा, मानसिंह साउँदले शव बाहनको चाबी टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई हस्तान्तरण गरेका हुन्।
समूहका संयोजक अर्यालले शव वाहन खरिदका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको घोषणा गर्दा विश्वभरी छरिएर रहेका धेरै व्यक्तिहरुले साथ दिएको बताए।