Advertisement
SKIP THIS
कांग्रेस रामारोशन द्वारा संसद विगठन बिरुद्ध प्रदर्शन

अछाम: प्रधानमन्त्री केपी शर्मा आलिको असंवैधानिक संसद विगठन बिरुद्ध नेपाली कांग्रेस रामारोशनले पनि गाउँ पालिकाको सेवा केन्द्र मुजाबगरमा बिरोध प्रदर्शन गरेको छ।

पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिद्रारा भएको संसद विगठनको विरोधमा नेपाली कांग्रेसले आज देश भरका स्थानीय तहमा विरोध कार्यक्रम अन्तरगत रामारोशनले पनि बिरोध र्यालि सहित बजार परिक्रमा गरेर कोणसभा गरेको हो ।

नेपाली कांग्रेस रामारोशन गाउँपालिका सभापति नन्दराज उपाध्यायको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल रहेकी थिइन । कार्यक्रम नेपाली कांग्रेस जिल्ला सदस्य केश बहादुर बटाला अछाम क्षेत्र न १ प्रदेश सभा ख का सभापति डम्बर स्वार कांग्रेस युवा नेता पुष्प बिष्टले कार्यक्रम लाई सम्बोधन गर्दै यो सरकारका यो कदमका विरुद्ध जस्तो सुकै आन्दोलन पनि गर्न तयार रहेको बताएका छन ।

विरोध सभामा नेपाली कांग्रेस क्षेत्रिय सदस्य नेत्र रावल लाल बहादुर बोहरा शिक्षक संघका केन्द्रीय प्रतिनिधि काली बुढा तरुण दलका रेमति साउद परेक देवकोटा नेविसंघ जिल्ला सदस्य दल ब साउद महेश बटाला लगायतका नेताहरू सहभागीता रहेको थियोे ।

कार्यक्रमको स्वागत मन्तव्य गोपि प्रसाद खनाल र संन्चालन नेपाली कांग्रेस रामारोशन गाउँ पालिका सचिव पुर्ण वहादुर बिकले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया