Advertisement
SKIP THIS
अछाममा ११ दिनमा १० हजार बढीको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन

अछाम :अभियानकै रुपमा संचालन भैरहेको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने कार्य अन्तर्गत अछाम जिल्लामा बिहिबार सम्म १० हजार बढीको विवरण संकलन गरिएको छ ।

आगामी ३ महिनामा सम्पूर्ण नागरिकको विवरण संकलन कार्य गरिसक्ने गरी गत पौष २० गतेबाट शुरु गरिएको विवरण संकलन शिविरमा माघ १ गते सम्म १० हजार ९ सय जनाको विवरण संकलन गरिएको जिल्ला प्रशाशन कार्यालय अछामले जनाएको छ ।

हाल अभियानको रुपमा अछामका चार स्थानीय तहमा शिविर सञ्चालन गरी राष्ट्रिय परिचप पत्रका लागि विवरण संकलन तथा व्यक्तिगत घटना अद्यावधिक गर्ने कार्य भैरहेको छ ।

जस अनुसार बिहिबार सम्म मंगलसैन नगरपालिकामा ५ हजार ५ सय ८ जना, बान्नीगढी जयगढ गाउपालिकामा ३ हजार २ सय ७५ जना, कमलबजार नगरपालिकामा १ हजार ९ सय ९० जना र साँफेबगर नगरपालिकामा १ सय २७ जनाको विवरण संकलन गरिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए

तपाईको प्रतिक्रिया