Advertisement
SKIP THIS
राजनीतिक दलका कार्यक्रमलाई कोरोनाले नछुने,धार्मिकलाई भने कोरोना

निराकरण सम्वाददाता अछाम :अछाम जिल्लामा राजनीतिक दलका कुनै पनि कार्यक्रम लाई कोरोना भाईरस तथा कोभिड १९ ले नछुएपनि धार्मिक तथा सास्कृतिक कार्यक्रमलाई भने कोराेनाले छुने गरेका छन् ।

कोरोनाका का’रण यस पटक उत्सबको आयोजना नगरिएको बैधनाथ धामले जनाएको छ ।

उत्सबको आयोजना नगरिएपनी दर्शनका लागी मन्दिर भने खुल्ला गरिएको छ ।

माघ १ गते हरेक बर्ष मन्दिरमा उत्सबमा होरी, हुड्के, न्याउले, पर्छाे, पुतला जस्ता लगायतका स्थानीय कला संस्कृति प्रर्दशन गरिदै आएको थियो ।

तपाईको प्रतिक्रिया