Advertisement
SKIP THIS
टीकापुरका पूर्व मेयर रत्नप्रसाद सन्ज्यालको निधन

धनगढी: कैलालीको सुदुर पुर्वी टीकापुर नगरपालिकाका पूर्व मेयर रत्नप्रसाद सन्ज्यालको निधन भएको छ।

उनकाे गएराति काठमाडौंमा निधन भएको हो। 

७३ वर्षीय सन्ज्यालको केही समयदेखी मधुमेह, उच्च रक्तचापको उपचार गराई रहेका थिए। 

टीकापुरस्थित विरेन्द्र विद्या मन्दिर माविका प्रधानाध्यापक समेत रहेका सन्ज्याल २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए। 

उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ। 

तपाईको प्रतिक्रिया