Advertisement
SKIP THIS
गर्भवती सङ्ग नगर उपप्रमुख कोसेली कार्यक्रम वडा नं ७ रिडिकोटमा सम्पन्न

निराकरण सम्वाददाता अछाम
साफेबगर नगरपालिका द्वारा गर्भवती सङ्ग नगर उपप्रमुख कोसेली कार्यक्रम मंगलबार वडा नं ७ रिडिकोटमा सम्पन्न भएको छ। वडा नं ७ का वडा अध्यक्ष मिठ्ठु भाटको अघ्यक्षता भएको कार्यक्रममा प्रमुख अथिती साफेबगर नगरपालिका उप प्रमुख बिर्मला देबि बुढ्थापा रहकी थिइन ।

कार्यक्रमा प्रमुख अथितीको आसन बाट बोल्दै उनले साफेबगर नगरपालिकामा ख्याउटो पन भएका, जन्मजात अपाङ्गता भएका र कुपोषण भएका वालबालीका बाल बालीको जन्म नभई स्वास्थ तन्दुरुत वालबालीकाको जन्म हुन पर्छ भन्दै गर्भवती सङ्ग नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन गरिएको बताईन । आफु पनि गर्भवती अवस्था बाट गुज्रीएकोले गर्भ अवस्थामा गर्भवतीलाई पर्ने अप्ठेरोका बारेमा आफु जानकार भएकाले नै यो कार्यक्रम गरिएको बताइन् ।

कार्यक्रमा बोल्दै बयालपाटा अस्पतालका डां मन्दिप पाठकले गर्भ अस्थामा गर्भवतीले तनाव, चिन्ता बाट मुक्त हुने,पौष्टिक आहार खान, सरसफाईमा ध्यान दिनु पर्ने बताए । गर्भ अस्थामा शरिरमा बिभीन्न किसीमका परिवर्तन हुने,हुदाँ समयमै मान्यता प्राप्त स्वास्थ सस्थांमा जान अनुरोध गरे ।

सोहि कार्यक्रममा बोल्दै साफेबगर नगरपालिका स्वास्थ शाखा प्रमुख पुष्प बुढाले नगर गर्भवती लाई दिएको कोसेलीमा पोषण सम्बन्धि खानेकुरा र सरसफाई सम्बन्धि रहेको नगर सधै यस्ता कुरा दिन नसक्ने हुदाँ गर्भ अवस्थामा अरु बेला भन्दा उच्च जोखिमको अवस्था भएकाले खान पान देखि सरसफाईमा ध्यान दिनु पर्ने बताए ।

घरमै उपलब्ध भएका अर्गानिक खानेकुरा बजारमा बिक्री गर्ने बजार बाट गुणस्तर कम भएका खानेकुरा प्रचलन भएको हुदाँ यस्तो नर्गन स्वास्थ शाखा प्रमुख बुढाले आग्रह गरेका थिए ।

कार्यक्रमको समापन गदै वडा अध्यक्ष मिठ्ठु भाटले वडा कार्यलयले समेत यस्ता कार्यक्रम गर्ने बताए । गर्भ अवस्थामा गर्भवती आमाले पोषीलो खानेकुरा खाए मात्रै स्वास्थकर बच्चा जन्मने हुदाँ घरमै उपलब्ध स्वास्थकर खाना खान अनुरोध गरे । कार्यक्रमा वडा नं ७ रिडिकोटका २१ गर्भपती महिलालाई कोसेली स्वरुप १ सेट कोसेरी प्रदान गरिएको थियो ।

कोसेलिमा झोला १ थान,सल १ थान,अण्डा १ केरेट ,पेटीकोट १ थान, खाने तेल १ लिटर,साबुन २ पीस,नुन ३ पोका, नेलकटर,कोलगेट,ब्रस,१ ओटा,इयर बक्स १ पोका, गम्छा १ थान,मास्क १५ पीस, सेनीटाईजर १ बोटल रहेको साफेबगर नगरपालिका जनस्वास्थ निरिक्षक लक्ष्मण नाथ योगिले जानकारी दिए । कार्यक्रमा साफेबगर नगरपालिका वडा नं ७ का वडा सदस्य एकेन्द्र भुल लगाएतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया