साँफेबगर:अछामको साँफेबगर नगरपालिकाले परम्परागत आरन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आरन सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाका वडा नम्बर १ देखि १४ सम्मका २६ जना आरन व्यवसायलाई सामाग्री वितरण गरिएको हो ।
नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा लक्षित लाभग्राहीलाई घन, आरन मेसिन, सोँडासी, ब्लोअर, हथौडा लगायतका आवश्यक सामग्री वितरण गरिएको हो। नगरपालिकाले स्थानीय सीप, रोजगारी तथा परम्परागत पेशाको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ










