Advertisement
SKIP THIS
अछामको साँफेबगर नगरपालिकामा साक्षर प्रतिशत ९०.०७

अछाम:अछामको साँफेबगर नगरपालिकामा साक्षर दर ९०.०७ प्रतिशत रहेको छ।नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले २०८३ जेष्ठ २१ गतेदेखि असार २० गतेसम्म गरिएको घरधुरी सर्वेक्षण अनुसार नगरको साक्षर प्रतिशत दर ९०.०७ रहेको छ।

नगरभित्रका १४ वडाका ५ हजार ४१ घरका १६ हजार ९ सय ९३ जनाको सर्वेक्षण गरिएको थियोे ।यस्तै निरक्षर प्रतिशत ९.९३ रहेका तथ्यांकमा उल्लेख गरिएको छ।तथ्यांक अनुसार १२५ बालबालिका बिधालय बाहिर रहेका यसमध्ये अधिकांश आर्थिक अभाव र केही बसाइँसराईको कारण रहेका तथ्यांकमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया