Advertisement
SKIP THIS
पहाडी र हिमाली जिल्लाबाट डाक्टर लखेट्ने नीति ल्याउदै सुदूरपश्चिम सरकार

अछाम:पहाडी र हिमाली क्षेत्रबाट डाक्टर लखेट्ने नीति ल्याउन सुदूरपश्चिम प्रदेश सरकार लागेको छ। प्रदेशको सामाजिक बिकास मन्त्रालयले तयार गर्न लागिरहेको अस्पताल ब्यावस्थापन समितिको कार्यबिधिको मस्यौदामा पहाडी तथा हिमाली जिल्लाबाट डाक्टर लखेट्ने नीति समाबेश भएको छ।

सूदुरका पहाडी तथा हिमालि जिल्लाहरुमा रहेका जिल्ला अस्पताल तथा प्रादेशिक अस्पतालमा डाक्टरहरु नपाईने अवस्था रहकै अवस्थामा हाल रहेका डाक्टरलाई समेत लखेट्ने नितिको मस्यौदा सामाजिक बिकास मन्त्रालयमा तयार भई छलफल भईरहेको छ।

सबै प्रादेशिक तथा जिल्ला अस्पतालमा रहेका डाक्टरहरुको थप सेवा एकीकृत गर्ने उदेश्यले ल्याएको यश नितिले पहाडी तथा हिमालि जिल्लाहरुमा डाक्टरलाई लखेट्ने डाक्टरहरु बताउँछन् ।हाल तयारी भएको अस्पताल ब्यावस्थापन समितिको कार्यबिधिले तराईका जिल्ला रहेका डाक्टरहरुलाई आन्तरिक स्रोतबाट ३० प्रतिशत पहाडी जिल्लामा ७० र हिमालि जिल्लामा १०० प्रतिशत मात्रै भत्ताको ब्यावस्था गरेको छ।

यो नीति लागू भए डाक्टरहरुले आफुले पाउदै आएको पारिश्रमिकमा हालको पारिश्रमिकको तराई,पहाडी हिमालमा क्रममा ३०,७०,१०० प्रतिशत मात्रै भत्ता पाउने छन।

हाल आन्तरिक स्रोत भएका पहाडी जिल्लाका जिल्ला अस्पताल र प्रादेशिक अस्पताल २ सय प्रतिशत भन्दा बढी भत्ता दिदै आएका छन। २ सय प्रतिशत भत्ता दिदा समेत डाक्टर पहाडी तथा हिमाली जिल्लामा काम गर्न आउन नखोजिरहेका अवस्थामा ७० र १०० प्रतिशतमा खुम्च्याउदा डाक्टर कसरी बस्लान भन्ने चिन्ता बढेको छ।

तराई क्षेत्रका अस्पताल कार्यरत डाक्टरहरु निजि अस्पताल तथा किल्निकमा काम गरेर राम्रो पारिश्रमिक कमाउने हुदाँ यश निति उनलाई खासै असर नपर्ने भएपनि पहाडी तथा हिमाली जिल्लामा कार्यरत डाक्टरहरुलाई गम्भीर असर पर्ने हुदाँ आफुहरु बस्न नसक्ने अवस्था रहेको पहाडी तथा हिमाली जिल्लामा कार्यरत डाक्टरहरु बताउँछन्।

तपाईको प्रतिक्रिया