अछाम अछाम जिल्लालाई पुर्ण खोप युक्त जिल्ला घोषणाका लागी आ व २०६९।७० साविकको जिल्ला परिषदले २०७०।७१ भित्र अछामलाई पुर्णखोप जिल्ला बनाउने निर्णय गरेको थियाे । सोहि अनुसार २०६९ भाद्र महिनामा बिश्व स्वास्थ्य संगठन र युनिसेफको सहयोगमा साबिबको ७५ गाँउ बिकास समितिका सरेकारवालको सहभागीतामा प्रशंसात्मक खोज शैली गोष्ठि सम्पन्न गरि सबैको प्रतिबद्धता लिएको थियो र २०६९ साल पौष १४ गते साविकको भागेश्वरगाँउ बिकास समितिलाई नेपालकै पहिलो पुर्णखोप युक्त गाँउ बिकास समिति घोषणा गरिएको थियो ।
तत पश्चात २०७१ साल बैशाख १२ गते सम्ममा साविकका सबै ७५ गाँउ बिकास समिति घोषणा भई २०७१ साल भाद्र २८ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री खगराज अधिकारीको प्रमुख आतिथ्यमा अछाम जिल्ला औपचारीक रुपमा नेपालकै तेश्रो पूर्ण खोप जिल्ला घोषणा भएको थियो त्यस पश्चात प्रत्येक बर्ष सुनिश्चितता घोषणा हुदै आएको छ ।










