अछाम:नेपाल शिक्षक संघ अछामका अध्यक्ष नबेन्द्र राज जोशीको निधन भएको छ।
आईतवार साँझ घर नजिकै रहेको आपको रुखबाट लडेर घाइते भएका जोशीको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पतालमा निधन भएको हो।
साँफेबगर नगरपालिका १ बैधनाथ निवासी जोशी मष्टामाण्टौ निम्न माध्यमिक बिधालय पायलका प्रधानाध्यापक समेत हुन।उनको असामहिक निधनले अछामको शैक्षिक क्षेत्र तथा शिक्षक समुदायमा ठुलो क्षति भएको छ।










