Advertisement
SKIP THIS
चिसापानी स्थित नेपाली सेनाको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट

कैलाली:कैलालीको लम्कीचुहा नगरपालिका ३ चिसापानी स्थित नेपाली सेनाको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट भएको छ।बिस्फोटमा परि दुई जना सैनिक जवान गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ब्यारेकभित्र सैन्य तालिम वा नियमित कार्यका क्रममा ग्रेनेड विस्फोट भएको हो।

विस्फोटमा परी घाइते भएका दुवै सैनिकलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो।अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको सैनिक स्रोतले जनाएको छ।

घटनाको कारण खुल्न नसकेको र विस्फोट कसरी भयो भन्ने विषयमा नेपाली सेनाले अनुसन्धान सुरु गरेको बताइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया