Advertisement
SKIP THIS
रामारोशनको चाका मन्दिरमा राख्यो बाजुराको त्रिबेणी नगरपालीकाले आफ्नो बोर्ड

अछाम:अछामको रामारोशन पर्यटकीय क्षेत्रको चाकामाई मन्दिर बाजुराको त्रिबेणी नगरपालीकाले आफ्नो बोर्ड राखेको भेटिएको छ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चाकाकी माई मन्दिरमा हाल बाजुरा जिल्लाको त्रीबेणी नगरपालिकाले आफ्नो भएको भनी साइनबोर्ड राखिएको विषयप्रति रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

चाकाकी माई मन्दिर अछाम जिल्लाको रामारोशन क्षेत्रभित्र अवस्थित धार्मिक तथा पर्यटकीय सम्पदा भएको रामारोशन पर्यटन बिकास समितिका कार्यकारी निर्देशक पूर्ण बहादुर बिकले बताए ।

बिक अनुसार चाकामाई मन्दिरको भौगोलिक क्षेत्र स्पष्ट अछामको रामारोशनमा हुदा हुँदै पनि बाजुरा जिल्लाको त्रीबेणी नगरपालिकाले आफ्नो क्षेत्र भन्दै साइनबोर्ड राखिनुमा दुखद भएको बताए ।

त्रीबेणी नगरपालिकाको यश प्रकारको कदमले दुवै जिल्लाका स्थानीय नागरिकबीच भ्रम सिर्जना गर्नुका साथै दुई जिल्ला बीचको आपसी सद्भाव, सहकार्य र सामाजिक एकतालाई समेत असर पार्न सक्ने भएकाले सम्बन्धित निकायले समयमै यस्ता गतिविधि रोक्न कार्यकारी बिकले बताए ।

तपाईको प्रतिक्रिया