Advertisement
SKIP THIS
बिनोद शाहि मृत्यु प्रकरण: जिल्लाको फैसला उच्चले उल्ट्यायो,६ जनालाई जन्मकैद

अछाम: बिनोद शाहि मृत्यु प्रकरणमा उच्च अदालत दिपायलले जिल्लाकाे फैसला उल्ट्याएकाे छ ।उच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुनम सिंह चन्दकाे संयुक्त इजलासले जिल्लाकाे फैसला उट्याएर ६ जनालाई जन्म कैदकाे फैसला सुनाएकाे छ ।

अदालतका प्रवक्ता नरबहादुर नेगीले प्रतिवादी सज्जन शाही, महेन्द्र शाही, बिरेन्द्र शाही, देवेन्द्र शाही, पृथ्वी शाही र अक्कल शाहीलाई जन्म कैदकाे सजाय सुनाइएकाे बताए । उनीहरू मध्येका सज्जन शाही नेपाली कांग्रेसका नगर सभापति समेत हुन् ।

उनका अनुसार उनीहरूलाई जनही १/१ लाखका दरले पीडित पक्षलाई क्षतिपूर्ति पनि भराउन आदेश दिइएकाे छ ।अन्य चार जना प्रतिवादी दानमति बम शाही, द्रोपति शाही, कर्णबहादुर शाही र शान्ति कुमारी शाहीकाे हकमा भने जिल्लाकै निर्णय सदर हुने ठहर गरिएको छ ।

४ मंसिर २०८२ मा जिल्ला अदालत अछामले याे मुद्दाको सुनवाइ गर्दै सबै प्रतिवादीलाई सफाइ हुने फैसला सुनाएको थियाे । ३० बैशाख २०७९ काे स्थानीय तह चुनावकाे दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियाे ।

सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए । पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही शाही बेपत्ता भएको थिए ।

तपाईको प्रतिक्रिया