अछाम:अछामको साँफेबगर नगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ।आईतबार बसेको १५ अधिबेशनमा नगर उप प्रमुख शिव बहादुर कुँवर प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०८३/०८४ को निति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो।
नगरपालिकाले हाम्रा बा आमा हाम्रा गौरव कार्यक्रम मार्फत ७५ वर्ष माथिका जेष्ठ नागरिकहरूका लागि घरदैलोमै पुगेर आधारभूत तथा नसर्ने रोग सम्बन्धी स्वास्थ्य जाँच र औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।यस्तै स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत वा परीक्षा दिएर बसेका नगरका इच्छुक युवा विद्यार्थीहरूलाई नगरपालिकाका विषयगत शाखाहरूमा इन्टर्नसिप गराई प्रशासनिक र व्यावहारिक ज्ञान सिकाउने नीति लिएको छ।
यस्तै अपाङ्गता भएका र अशक्त जेष्ठ नागरिकहरूका लागि घरदैलोमै पुगेर “बायोमेट्रिक प्रमाणीकरण सेवा” उपलब्ध गराउने उल्लेख गरिएको छ।शून्य-दिन खरिद नीतिः असार मसान्तमा बजेट सक्ने विकृति अन्त्य गर्न साउन महिनादेखि नै ठेक्का र खरिद प्रक्रिया सुरु गर्ने नीति लागू गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ










