Advertisement
SKIP THIS
धनगढीमा ट्याक्टरले ठक्कर दिदाँ अछामको मेल्लेखका प्रभाकर भट्टराईको मृत्यु

धनगढी :धनगढीमा ट्याक्टरले ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको छ ।मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै नम्बर नखुलेको ट्याक्टरले सु प प्र०१०१४ प२६२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक अछामको मेल्लेख गाउँपालिका–६ घर भएका ३७ वर्षीया प्रभाकर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

मृतक भट्टराई श्री एयरलाइन्स धनगढी कार्यरत रहेका थिए।दुर्घटनामा चालकको टाउकोमा कुचिएर  घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया