अछाम:साँफेबगर नगरपालीका न्यायिक समितीको आयोजनामा एक दिने न्यायिक समितीको काम ,कर्तब्य र अधिकार तथा लैगींक हिंसा निवारण सम्बन्धी सचेतना मुलक कार्यक्रम शनिबार वडा नं ६ भाग्यश्वरमा सम्पन्न भएको छ ।
साँफेबगर नगरपालिका उप प्रमुख एवम् न्यायीक समिति संयोजक शिव बहादुर कुँवरले सामान्य रुपमा वडा घर टोलमा हुने बिवादकै कारण गाउँघरमा झै झगडा हुने र त्यै घटनाहरुले गम्भीर रुप लिई अदालत सम्म पुग्ने अवस्था रहेकाले ती घटनाहरुलाई स्थानिय स्तरमै न्यायीक समिती मार्फत दुबै पक्षलाई न्याय हुुने बताए ।
यस्तै उनले अहिलेसम्म न्यायीक समितीमा आर्थीक लेनदेन,आलीधुर,गाली बेईज्जती,ज्याला मजदुरी नदिएको ,घरेलु हिंसा जस्ता विवादहरु आउने गरेका जानकारी दिए । न्यायीक समितीले अहिलेसम्म सम्पुर्ण विबादहरको फछ्र्यौट गरेकोले न्यायक समितीका क्षेत्र अधिकार भित्र रहेका बिवादहरु भए न्यायक समितीमा आउन उनले आग्रह गरे ।
यदि क्षेत्र अधिकार भित्रका बिवादहरु समितीमा नआई अदालती प्रक्रीयमा जादा खर्चीलो हुने भएकाले समितीले सबैलाई मर्का नपर्ने गरि न्याय दिने संयोजक शिब बहादुर कुँवरले बताए ।
कार्यक्रम बोल्दै साँफेबगर नगरपालिका ६ भाग्यश्वरका अध्यक्ष मीन बहादुर बोहराले पारिवारीक र न्यायक समितीका क्षेत्र अधिकार भित्र रहेका घटनाहरुलाई स्थानिय स्तरमै रहेका न्यायीक समितीमा मिलाउन सकिने बताए । न्यायीक समितीमा रहेका पदाधिकारीहरु समेत राजनितीक दलमा आबद्ध भएकाले उनिहरुले समेत निष्पक्ष रुपमा न्याय दिनु पर्नेमा जोड दिए।
कार्यक्रमा न्यायिक समितीको काम ,कर्तब्य र अधिकार बारे समितीका उजुरी प्रशासक नृप बिश्वकर्मा र लैगींक हिंसा निवारण बारे लैगींक हिंसा निवारण कोष सञ्चालक समिती सदस्य अप्सरा कुँवरले सहभागीहरुलाई सहजीकरण गरेकी थिईन । कार्यक्रममा वडा सदस्य, राजनितीक दल,वडामा रहेका मेलमिलाप कर्ता,स्थानिय अगुवाहरुको सहभागीता रहेको थीयो ।









