Advertisement
SKIP THIS
बयालपाटा अस्पतालबाट फागुन महिनामा ७ हजार बढीले सेवा लिए

अछाम:बयालपाटा प्रादेशिक अस्पतालले फागुन महिनामा प्रदान गरिएको स्वास्थ्य सेवासम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ। अस्पतालका निर्देशक डाक्टर मन्दिप पाठक द्वारा हस्ताक्षरित सार्वजनिक गरेको मासिक बुलेटिन अनुसार फागुन महिनामा ७ हजार बढीले बिभिन्न सेवा लिएका छन् ।

जस अनुसार १८ सय ५१ बाहिरङ (ओपीडी) सेवा, ५ सय १२ जनाले आकस्मिक सेवा लिएका छन् भने १ सय ७१ जना बिरामी भर्ना भई उपचार गराएका छन्। सामाजिक सेवा इकाईमार्फत ८ सय ७७ जनाले सेवा प्राप्त गरेका छन्।

शल्यक्रियातर्फ ७३ वटा ठूला र ४ सय ११ वटा साना शल्यक्रिया सम्पन्न भएका छन्। त्यस्तै १६ वटा प्रसूति सेवा प्रदान गरिएकोमा १३ वटा सामान्य र ३ वटा शल्यक्रियामार्फत सुत्केरी गराइएको अस्पतालले जनाएको छ।प्रयोगशालातर्फ ८ सय ६ जनाले सेवा लिएका छन् भने एक्स–रे सेवा ५ सय ५७ र भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा २ सय ४७ जनाले लिएका छन्।

उच्च रक्तचापका १ सय ४६ जना बिरामीले सेवा लिएका छन् भने १ सय ६८ जनाले मानसिक स्वास्थ्य तथा परामर्श सेवा लिएका छन्। खोप सेवाबाट ३ जना लाभान्वित भएका छन् भने ३४ जना लैङ्गिक हिंसाबाट पीडितले सेवा लिएको तथ्यांकमा उल्लेख छ। त्यस्तै ५५ जना बालबालिकाले IMNCI सेवा र १ जनाले SNCU सेवा प्राप्त गरेका छन्।

परिवार नियोजनतर्फ ५ सय ७ जनामा अस्थायी साधन प्रयोग भइरहेको देखिएको छ भने ४ जना नयाँ प्रयोगकर्ता थपिएका छन्। स्वास्थ्य बीमा सेवाबाट ३ सय ७४ जनाले सेवा लिएका छन्। रोग परीक्षणतर्फ १ सय ४७ जनाले HIV परीक्षण, १ सय ८४ जनाले सिफिलिस परीक्षण तथा ६ जनाले मलेरिया परीक्षण गराएका छन् भने २ जनामा स्क्रब टाइफस परीक्षण गरिएको छ।

तपाईको प्रतिक्रिया