अछाम:डोटीको दिपायलमा माघ ७ गतेदेखि १२ गतेदेखि साढे ६ घण्टा सडक बन्द हुने भएको छ।
के आई सिह राजमार्ग अन्तर्गत डोटिको दिपायल पिपल्ला देखि कुलेपाते सम्म सडक सुधार गरिने भएकोले माघ ७ गतेदेखि १२ गतेदेखि साढे ६ घण्टा सडक बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय डोटिले जनाएको छ।
माघ ७ गते देखि हरेक दिन बिहान ५ बजेदेखि ९ र साझँ ६:३० बजेदेखि राति ९ बजेसम्म सडक बन्द गरि स्तरउन्नति गरिने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।
सडक स्तरउन्नतिका लागि सवारी आवागमन बन्द गर्दा डोटि ,अछाम र बाजुराबाट सञ्चालन हुने सवारीसाधनले समयमै पुग्नु पर्नेछ ।










