Advertisement
SKIP THIS
सडक स्तर उन्नतिका कारण दिपायलमा माघ ७ गतेदेखि १२ गतेसम्म साढे ६ घण्टा सडक बन्द हुने

अछाम:डोटीको दिपायलमा माघ ७ गतेदेखि १२ गतेदेखि साढे ६ घण्टा सडक बन्द हुने भएको छ।

के आई सिह राजमार्ग अन्तर्गत डोटिको दिपायल पिपल्ला देखि कुलेपाते सम्म सडक सुधार गरिने भएकोले माघ ७ गतेदेखि १२ गतेदेखि साढे ६ घण्टा सडक बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय डोटिले जनाएको छ।

माघ ७ गते देखि हरेक दिन बिहान ५ बजेदेखि ९ र साझँ ६:३० बजेदेखि राति ९ बजेसम्म सडक बन्द गरि स्तरउन्नति गरिने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।

सडक स्तरउन्नतिका लागि सवारी आवागमन बन्द गर्दा डोटि ,अछाम र बाजुराबाट सञ्चालन हुने सवारीसाधनले समयमै पुग्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया