Advertisement
SKIP THIS
फेसबुक दर्ता हुन आएको छैन ,सञ्चार मन्त्रालय

काठमाडौँ :सञ्चार मन्त्रालयले फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ति सूचनाहरुमा सत्यता नभएको बताए । 

‘मैले पनि फेसबुक र ह्वाट्सएपको माउ कम्पनी दर्ता हुन आएको भन्ने सुने त्यो सत्य समाचार होइन कसले हल्ला फैलायो,’ उनले भने । 

शुुक्रबार साँझ सरकारले बन्द हुने सामाजिक सञ्जालको सूची सार्वजनिक गरे यता हाम्रो पात्रोले मात्रै प्रक्रिया सुरु गरेको उनले बताए । 

प्रवक्ता ठाकुरका अनुसार एक्स (पहिलेको टुवीटर) ले इमेलमा सूचीकरणको प्रक्रियाबारे सामान्य सोधपुछ मात्रै गरेको छ र अन्य कुनै पनि सनमाजिक सञ्जालले दर्ता प्रक्रियामा चासो देखाएका छैनन् । 

विभिन्न व्यक्तिको नाम लिएर सामाजिक सञ्जाल दर्ता हुन आएको भन्ने समाचार व्यक्तिगत र मन्त्रालयको आधिकारिक नभएको समेत प्रवक्ता ठाकुरले प्रस्ट्याए । सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्ण

तपाईको प्रतिक्रिया