अछाम:अछामको साँफेबगर नगरपालिकामा कपडा बैंक स्थापना गरिएको छ।सोमबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम सरकारका निति तथा योजना आयोगका उपाध्यक्ष डा.जीवन रानाले साँफेबगरमा कपडा बैंकको उद्घाटन गरिन।
समबिकास नेपालद्वारा कपडा बैंक स्थापना गरिएको हो।
कपडा बैंक उद्घाटन कार्यक्रममा आयोगका सदस्य नृपबहादुर सुनार र कर्ण बहादुर कुवर र साफेबगर नगरपालिकाका उपप्रमुख शिब बहादुर कुवर लगायतको उपस्थिति रहेको थियो ।
कपडा बैंकमा आफुसँग रहेका कपडा सहयोग गर्न सकिने न्यून आर्थिक अवस्था भएका नागरिकले कपडा बैंकबाट आवश्यकता अनुसार कपडा लिन सकिने समबिकास सस्थाले जनाएको छ।










