Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिकाद्वारा आगलागी पिडित आउजि परिवारलाई तत्काल सहयोग

अछाम:अछामको चौरपाटी गाउँपालिकाले आगलागी पिडित लाले आउजीको परिवारलाई तत्काल राहत सामग्री सहयोग गरेको छ।शुक्रबार दिउँसो साढे १ बजेतिर चौरपाटी गाउँपालिका वडा नम्बर १ सिउँडी खेडीगाउँ बस्ने लाले आउजीको घरमा आगलागी भई ध्वस्त भएको थियोे ।

उनका ७ बर्षिय छोरा बिनोद आउजीले घर भित्रको चुल्होमा बलिरहेको आगो नजिक खेल्ने क्रममा कपडामा सल्केर आगो लाग्दा घरमा लागो लागेर पुर्ण रुपमा क्षति पुगेको थियोे ।घरमा आगो लागेर पुर्ण रुपमा क्षति पुगेको जानकारी पाएपछि गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले आफै घटनास्थल पुगेर आउजि परिवारलाई त्रिपाल लत्ताकपडा खाद्यान्न सहयोग गरेका छन् ।

अहिले पानि परिरहेकाले आउजि परिवार नजिकै रहेको आफन्तको घरमा बसीरहेका अध्यक्ष साउदले बताए । अध्यक्ष साउदका अनुसार आगलागी पिडित आउजि परिवारलाई सकेजति गाउँपालिकाले सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया