काठमाडौं:राजधानी काठमाडौंसहित देशका अधिकांश ठाउँमा भूकम्पको धक्का मजसुस गरिएको छ।
काठमाडौंसहित पूर्वी नेपाल र पश्चिम नेपालका अधिकांश भूभागमा भूकम्पको धक्का महसुस भएको हो । राती २ बजेर ५१ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किएका छन्। हालसम्म क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल तिब्बत सीमा सिन्धुपाल्चोकको लिस्टिकोट नजिकै केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।
काठमाडौंसहित तराई मधेस क्षेत्रका नागरिकले पनि भूकम्पको ठूलो धक्का महसुस भएको बताएका छन्।
काठमाडौं उपत्यका भूकम्पिय जोखिम क्षेत्रमा पर्ने भूकम्पविदहरुले बताउँदै आएका छन्।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि काठमाडौंमा ठूलो धक्का महसुस हुने गरी गएको यो नै ठूलो भूकम्प हो।
यसअघि, गत माघ ३० गते मात्रै जुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।










