Advertisement
SKIP THIS
मेल्लेख गाउँपालिका ५ बिन्धेवासिनिले एसइईमा पुरक परेकालाई नि:शुल्क ट्युसन पढाउदै

निराकरण खबर अछाम:अछामको मेल्लेख गाउँपालिका वडा न.५ बिन्धेवासिनिले याे बर्षकाे माध्यमिक शिक्षा परिक्षा ( एसइई) मा असफल भएका  बिद्यार्थीहरुका लागि ट्युसन कलास सुरु गर्ने भएको छ ।

आगामी परिक्षा साउन २३ गते देखि सुरु हुने एस इई दुई वा दुई भन्दा विषय लागेका विद्यार्थीको  ग्रेड बृद्धिका लागि सहभागी हुने बिद्यार्थीहरुकाे  कम्जोर पक्षलाई  सुधार गर्न राम्रो नतिजा ल्याउनु भन्ने उदेश्यले मेल्लेख गाउपालिका शिक्षा शाखा , जनता नमुना प्राबिधिक माध्यमिक बिद्यालय संगकाे  समन्वय तथा वडा कार्यलयकाे सहयोग र आयोजनामा निशुल्क  ट्युसन कलास सुरु गर्न लागिएको वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीले बताए।

साथै वडा अध्यक्ष अधिकारी ले याे बर्षकाे एसइई मा सफल हुने बिद्यार्थीहरुलाई धन्यवाद दिएका छन । अघिल्लो बर्ष  वडाले  घाेषणा  गरेकाे पुरुस्कार  एसइई मा वडा प्रथम हुने विद्यार्थीलाई पुरुषकृत गर्ने निर्णय अनुसार  वडा न. ५ अन्तर्गत प्रथम हुन सफल जनता नमुना प्राबिधिक  माध्यमिक बिद्यालयका छात्र  धन बहादुर बाेहराले रु ५० हजार पाउने भएका छन । ट्युसन कलास असार २५ गते देखि साउन २० गते सम्म संचालन गरिने जनाएको छ ।

परिक्षाकाे राम्रो तयारी गराउन ट्युसन कलासकाे व्यावस्था गरिएको छ । अधिकांस बिद्यार्थीहरुकाे अंग्रेजी ,गणित बिज्ञान र सामाजिक विषयमा सन्तोषजनक नतिजा नआएको भन्दै ,अंग्रेजी पढाउन वीर बहादुर साउद ,गणितका लागि नृप बहादुर बिक बिज्ञानका लागि नमराज शाही  सामाजिक  पढाउन ,राम बहादुर साउद लाई छनाेट गरिएको छ।

तपाईको प्रतिक्रिया