Advertisement
SKIP THIS
बहुक्षेत्रिय पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा गोष्ठी सम्पन्न

निराकरण खबर अछाम :बहुक्षेत्रिय पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा गोष्ठी सम्पन्न भएको छ । शुक्रबार जिल्ला समन्वय समिती अछाम प्रमुख ललित बहादुर कुँवरको अध्यक्ष्तामा जिल्ला समन्व समितीको कार्यलयमा समिक्षा गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रमा बोल्दै जिल्ला समन्वय प्रमुख ललित बहादुर कुँवरले शिशु बालबालिका र आमाको सुस्वास्थ्य बलियो प्रतिरोधात्मक प्रणालीको विकास बौद्धिक विकास, सर्ने तथा नसर्ने रोगहरुको जोखिम घटाउन र दीर्घायूको लागि पोषण अपरिहार्य रहेको बताए ।अछामका स्थानिय तहहरुले अझै प्राथमितामा पोषणलाई राखेर निती तथा कार्यक्रम ल्याउनु पर्ने बताए । स्थानिय स्तरमा पाईने रैथाने बालीहरुलाई संरक्षण गरे पोषणको पुरा गर्नुपर्ने, कृर्षी प्रधान भनिएपनि जग्गा जमिन बाझो हुदै गएको,किसानहरुलाई उत्पादनमा जोड्नु पर्नेमा सबैले लाग्नुपर्ने बताए ।

देश आर्थीक संकटबाट गुज्रीरहेको सरकारले बजेट बिनीयोजन गरेर पनि पैसा दिन नसक्ने अवस्था रहेको बताए । सुनौला हजार दिन आमा र बच्चाको लागि पोषण अतिनै आवश्यक रहेको प्रमख कुँवरले बताए । नेपाल रेमिटेन्सले चलेको मात्रै नभई नेपालबाट उच्च शिक्षाको नेपाली पैसा बिदेशीरहेको यसकै प्रभाव समेत देशको अर्थतन्त्रमा नकारमत्मक प्रभाव परेकोले समेत पोषण जस्ता कार्यक्रम आर्थीक असर परेको बताए ।

समिक्षा कार्यक्रममा अछाम जिल्लाका ७ वडा स्थानिय तहका पोषण सहजकर्ताहरुले प्रतिबेदन प्रस्तुत गरेका थिए । जिल्ला स्तरिय समिक्षा गोष्ठीमा कमलबजार नगरपालीका र पञ्चदेवल बिनायक नगरपालीका अनुपस्थीत रहेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिती अछामका निमीत्त समन्वय अधिकारी सिद्धराज जोशीले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया