Advertisement
SKIP THIS
नेपाल किसान महासंघ अछामको चौथो जिल्ला अधिवेशन सम्पन्न

अछाम : नेपाल किसान महासंघ अछामको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

महासंघ अछामका अध्यक्ष नवराज देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहुदै नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश महामन्त्री एवं सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्री मेघराज खड्काले नेपाल किसान महासंघलाई नेपालकै सबैभन्दा बढी किसानहरू आवद्ध रहेको संगठनको रूपमा अगाडि बढाउनुपर्ने बताए । वास्तविक किसानले राज्यबाट पाउने अनुदानको चरम दुरुपयोग गरि बिचौलिया हरुले लाभ लिइरहेकोले त्यस्तालाई कारबाही गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश सहमहामन्त्री एवं पन्चदेवल बिनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले नेपाली काङ्ग्रेसको मेरुदण्ड भनेकै नेपाल किसान महासंघ भएको बताईन।

कार्यक्रममा विशिष्ट अतिथि उपसभापति अर्जुन ताम्राकार ,
किसान महासंघ केन्द्रीय सदस्य शेरबहादुर खड्का रहेका थिए । कार्यक्रममा महासमिति सदस्य सुरत बिष्ट ,पदमराज अधिकारी , भगवती खनाल , जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवर,बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउद,नेपाल किसान संघ केन्द्रीय सदस्य कृष्ण प्रसाद देवकोटा ,टंक धामी,नेपाल प्रेस युनियन केन्द्रित सचिव मेनुका ढुंगाना , नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापति कृष्ण बहादुर बुढा , लगायत  नेपाली काङ्ग्रेसका विभिन्न नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन हिक्मत कडायतले गर्नुभएको थियो । साथै पुन: नवराज देवकोटाको सभापतित्वमा नयाँ कार्यसमिति  चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया