निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिका —६ भागेश्वरका लोकेन्द्र रावल यतिखेर सामाजिक संजाल मार्फत सहयोग मागीरहेका छन् । रावलकी २ वर्षिय छोरी आंकाक्षा रावलको जन्म देखि मुटु रोगी र मलदवारका समस्यामा बाचिरहेकी छिन् ।
हाल भारतको गुजरातमा बस्दै आएका रावल आर्थिक अभावले गर्दा छोरीको उपचार गर्न नसकेको बताउन छन् । रावल सामाजिक संजाल मार्फत छोरी बचाईदिन सहयोग मागिरहेका छन् ।
छोरीको उपचारमा ५ लाख रुपयाँ लाग्ने भएको हुँदा सम्पूर्णले सहयोग गरिदिन हुन रावल अपिल गर्दछन् ।
सहयोग गर्नुहुने महानभावहरुले भारतका लागी सम्पर्क नं. ७०२८५२३०८१ र नेपालका लागी ९८६८४४८४८५ रहेको छ ।










