Advertisement
SKIP THIS
देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्छ, लिङ्देन

मोरङ:राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताएका छन्।

राप्रपा मोरङद्वारा आज यहाँ आयोजित आमसभामा उनले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताए। उनले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बत्रेतर्फ उन्मुख भइरहेको चर्चा गरे।

विगत ३१ वर्षदेखि राजनीतिक दलहरुकै कारण देशमा समस्या उत्पत्र भएको भन्दै उनले भने, ‘अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ ।’

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा भ्रष्टाचार र महँगी बढेको भन्दै रोजगारी नहुँदा युवा विदेशिएको बताए। महामन्त्री प्रह्लाद साहले सरकारले बन्द कारखाना सञ्चालन गर्नुपर्ने र रोजगारी सिर्जना गरी उत्पादन बढाउनुपर्ने बताए।

कार्यक्रमा नायिका रेखा थापा, सो पार्टीका केन्द्रीय सदस्य केदार कोइराला, नवप्रवेशी दिलीप धाडेवाल र जिल्ला अध्यक्ष माधव आचार्यले पनि राप्रपाले आम नेपाली जनताका भावना र चाहनानुसार काम गर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया