Advertisement
SKIP THIS
जेष्ठ नागरिक हाम्रा समाजका ज्यूदो इतिहास हुन ,अध्यक्ष खड्का

अछाम : जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष राजेन्द्र खड्काले जेष्ठ नागरिक हाम्रा समाजका ज्यूदो इतिहास भएकाले उनिहरुलाई सम्मान गर्नुपर्ने दायित्व हाम्रो भएको बताएका छन् ।

जेष्ठ नागरिकले समाजका लागि आफ्नो समयमा महत्वपूर्ण काम गरेको भन्दै अध्यक्ष खड्काले उनिहरुलाई माया र सम्मान दिनुपर्नेमा जोड दिए ।

मंगलबार बान्नीगढी जयगढ गाउँपालीका वडा नं ५ कालीकामा जेष्ठ नागरिकलाई समान्न साथ न्यानो कपडा बितरण गर्दै अध्यक्ष खड्काले युवाहरुले बृद्ध भएका अग्रजहरुलाई सम्मान र सानालाई माया गर्नुपर्नै बताए ।

सुसंस्कृत समाज निर्माण गर्न सबै पक्षको उत्तिकै भुमिका हुने भएकाले अग्रजहरुको सुझाव सल्लाह लिएर अघि बढ्नुपर्नेमा अध्यक्ष खड्काको जोड छ । पालिकाको सहयोगमा ६ वडाका ६६ जनालाई सम्मान सहित न्यानो कपडा बितरण गरिएको छ ।

चिसो मौसममा उनिहरुलाई न्यानोमा राख्नुपर्ने भन्दै अध्यक्ष खड्काले सम्मान साथ कपडा बितरण गरिएको बताए ।

तपाईको प्रतिक्रिया