Advertisement
SKIP THIS
एमाले अछामकाे ८औं जिल्ला अधिवेशन, अध्यक्ष मण्डलद्वारा प्रतिनिधिलाई दुख दिने काम

निराकरण सम्वाददाता अछाम:नेकपा एमाले अछामकाे ८ औ जिल्ला अधिवेशनमा अध्यक्ष मण्डलदारा प्रतिनिधिलाई दुख दिने काम भएको छ। 

सहमतिको प्रयास भन्दै ओली पक्षले प्रतिनिधिहरुलाई दुख दिने काम गरेको छ। टाठाटाढाबाट आएका प्रतिनिधिहरु ३ दिन देखि सदरमुकाम मंगलसैनमा अलपत्र परेका छन् ।

नेताहरु सहमति गर्ने भन्दै होटल होटलका कोठा छिर्दा प्रतिनिधिहरु भने मंगलसेनको चिसोमा मतदान हुने स्थलमा बसीरहेका छन् ।  दुई उपसचिव चाहिएकोमा ओली पक्षका ६ जना उपसचिवको दाबेदारमा रहेकाे छ । 

अाेली पक्ष सहमति जुटाउन २३ गते देखि मंगलसेन स्थित दरबार हाेटलमा अड्डा जम्माईरहेका छन् ।हिजो राति ओली पक्षहरु होटल दरवारमा कुटाकुट अवस्थामा पुगेका थिए। 

प्रकाश शाह प्यानल निकै बलियो अवस्थामा पुग्दा अध्यक्ष मण्डल शाह पक्षलाई कमजोर पार्न निर्वाचन साहिरहेको छ।  आज बिहानै मतदान गर्ने तालीका रहेकोमा पुनः  दिउँसो १२ बजे सारिएको थियो ।

निर्वाचन समिति सँग साटगाठ गर्दै अध्यक्ष मण्डलले मतदान पुनः मंगलबार बिहान ८ बजे बाट हुने तयारी गरेको छ।
अध्यक्ष मण्डलका कारण टाढा टाढाबाट आएका प्रतिनिधिहरु पौषको चिसो सहदै कहिले मतदान होला भनी प्रखिरहेका छन् ।

तपाईको प्रतिक्रिया