निराकरण सम्वाददाता अछाम :अछाममा एक जना युवकको शब भेटिएको छ । जिल्लाको कमलबजार नगरपालिका ५ कुइका का ३७ बर्षिय भानुभक्त तिमिल्सैनाको शव उनको घरबाट ५०० मिटरको दुरीमा भेटिएको हो।
मृतक तिमील्सैनाको हत्या भएको आफन्तहरुले बताउछन।
गत कार्तिक २ गते राती गैटाणमा हत्या गरिएका रेशम राज तिमिल्सैनाको मुद्दामा वादी भानुभक्त तिमिल्सैना नेपाल सरकार तर्फका साची समेत रहेका थिए।
गैटाणमा हत्या गरिएका रेशम राज तिमिल्सैनाको मुद्दामा वादी नेपाल सरकार तर्फका साची समेत रहेका भानुभक्त तिमिल्सैना मृत भेटीनुले घटना थप संकास्पद देखिएको छ।
शव भेटिएपछी सदरमुकाम मंगलसेनबाट प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रमुख को टोली घटनास्थल गएर घटना स्थल तर्फ गरेको बुझिएको छ।










