Advertisement
SKIP THIS
एमाले ८ औं जिल्ला अधिबेशन अछाम अपडेट ,अन्तत आमुन्ने सामुन्ने भए ओली र रावल पक्ष

निराकरण सम्वाददाता अछाम:नेकपा एमाले अछामको नयाँ नेतृत्वको लागि दुई पक्ष आमुन्ने सामुन्ने भएका छन् । सुदूरपश्चिममै विशेष गरि हेरिएको अछाम जिल्लाको अधिबेशनमा दुई पक्ष चुनावी मैदानमा होमिएका छन् ।
एमालेको केन्दिय निर्देशन अनुसार सहमतिमै नेतृत्व चयन गर्ने निर्देशन बिपरित अछाममा निर्वाचन हुने भएको हो। निर्वाचन कार्यतालिका अनुसार दुबै पक्षले मनोनयन समेत गरिसकेका एमाले अछामको महाधिवेशन स्थलबाट पत्रकार रमन भट्टले जनकारी दिए।

अध्यक्ष १ पदमा ओली पक्षबाट चन्द्र बोहरा उपाध्यक्षमा भीम बिष्ट, सचिवमा आदर्श साउद , सह सचिवमा शेरबहादुर बुढा, डम्बर बिसी, रहेका छन भने , भीम रावल पक्षबाट अध्यक्षमा प्रकाश शाह, उपाध्यक्ष बलबहादुर कुँवर, सचिव भीम रावल (कालो टोपी)उप-सचिवमा प्रेम बहादुर महर र प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका हुन ।

अछामका ९१ वडाका  ७ सय बढी प्रतिनीधीले भोलि बिहान जिल्ला कार्यसमिति चयनका लागि मतदान गर्दैछन् ।

तपाईको प्रतिक्रिया