निराकरण सम्वाददाता अछाम:साँफेबगर नगरपालिकाका वडा नं १३ बाब्लाको राष्ट्रिय माध्यमिक बिधालय बाब्ला नेपाल बिद्यार्थि संघको ईकाइ कमिटि गठन गरीएको छ ।
पृथ्वी बटालाको सभापतीत्वमा ६४ जनाको कार्य समिति गठन गरीएको नेपाल बिद्यार्थि संघ अछामले जनाएको छ।
नेपाली काग्रेस जिल्ला कार्यसमिति सदस्य बलबहादुर साउद प्रमुख अतिथि रहनु भएको कार्यक्रममा प्रदेश उप सभापती बिमल कुँवर , वडा नं १३ का वडा सभापती टेक बहादुर बटाला , बिद्यार्थी नेता तीलक बटाला,एकेन्द्र कुँवर,युवा नेता पहल बिष्ट लगाएतको सहभागिता रहेको थियो ।










