Advertisement
SKIP THIS
बन्ला त ? साँफेबगरमा नयाँ सहर

तारामान खड्का अछाम:पहाडको जनसङख्या बसाई सराईलाई रोक्ने उदेश्ले सरकारले २०६७÷६८ सालमा घोषणा गरेका १० नयाँ शहर घोषणा गरेको थियो । जसमध्ये अछामको साफेबगरलाई समेत नयाँ शहर घोषणा गरेको थीयो । नयाँ शहर घोषणा भएको १० बर्षसम्ममा समेत नयाँ शहरले मुर्त रुप लिएको छैन, १० बर्षमा १ पटक समेत कार्यलय प्रमुख पाएको छैन । निमीत्त आएका कार्यलय प्रमुख कोहि बाटै बाट त कोही १ दिन कार्यलयमा हाजीर भए जाने गरेका छन ।उप सचिवको दरबन्दी रहेको कार्यलयमा सव इन्जीनीयर मात्रै भेटीन्छन ।

कार्यलय प्रमुख नयाँ शहरले कामहरु गर्न सकेको छैन । नयाँ सहर अन्तर्गत बनेका पुर्वाधारहरु निमार्ण सम्पन्न नहुदाँ अलपत्र परेका छन ,भने केही निमार्ण सम्पन्न भई प्रयोगमा नआउदै भत्किएका छन ।नयाँ शहर बन्न आवश्यक संरचना, बहुउदेश्यीय हल, खेलमैदान, सपिङ कम्पलेक्स, तरकारी, फलफूल संकलन केन्द्र, बसपार्क जस्ता ठुला योजनाहरुको काम कहिले सुरुवात हुन्छ अत्तोपत्तो छैन ।

कार्यलय सँग सम्वधित कर्मचारी दिनै सरुवा भएर जाने,नयाँ शहरले डीजाईन परिवर्तन गरेको कारण नयाँ शहर पुरानै अवस्थामा पुगेको साफेबगर नगरपालीका वडा नं ४ का वडा सदस्य राजेन्द्र कोलीले बताए । हाल सम्म आयोजनाले सोलार बत्ति जडान,सडक,गोरेटो बाटो निमार्ण, नाली निमाण जस्ता साना तिना काम मात्रै गरेको छ । आयोजनका लापरवाहीले १ बर्ष अगाडी सम्पन्न गर्नुपर्ने ल्याण्ड पोलिगको काम जयाकोटमा काम सुस्त गति भईरहेको छ ।

साफेबगरमा नयाँ शहरले गर्ने कार्य मनपरि भएको , कुनै एक काम सम्पन्न नभई अर्को काम गरिहाल्ने,र पहिले गरेको काम समेत पुर्ण नहुने नयाँ शहरलाई जग्गा प्राप्तीका लागि बनेको सरोकार समितीका अध्यक्ष ललीत कुँवर बताउछन । कुँवरका अनुसार ल्याण्ड पोलिगको काम स्टेमेट डीजाईन फील्डमा नआएर काठमाण्डौबाट गुगुल म्याप बाट बनाएको कारण झन ढीलो भएको बताए ।

हाल निमीत्तको भरमा रहेको नयाँ शहर कार्यलयका निमीत्त समेत दिपायलबाट कार्यलय चलाईरहेका छन ।कर्मचारीहरु फोन,इमेलबाट काम गरिहेका छन । काम सम्पन्नको भुक्तानीका लागि समेत कर्मचारी फाईल बोकेर दिपायल जाने गरेका छन । नयाँ शहर कार्यलयका सहायक इन्जीनीयर सुमन कुमार बताए ।

सरकार परिवर्तन हुदैँ जाने मन्त्रीले आफु निटक ठाउँमा शहर थप्दै जाने कर्मचारी समेत मन्त्रीकै वरिपरी हुदाँ नयाँ शहरले लक्ष्य अनुसार काम गर्न नसकेको साफेबगर नगर प्रमुख कुँल बहादुर कुँवरले बताए । कर्मचारी मन्त्रीको वरीपरी सुबिधा मुखी हुने सरकारले दुर्गममा कर्मचारी नपठाउने हुदाँ नयाँ शहरको कार्य प्रगती हुन नसकेको नगर कुँवरको भनाई रहेको छ ।

तत्कालीन सरकारले घोषणा गरेको बेला १० रहेका नया शहरको सङख्या अहिले ४० भन्दा बढी पुगिसकेको छ । पहिले घोषणा गरेका १० नयाँ शहर अलपत्र अवस्था पदैै जाने सरकाले नयाँ शहर घोषणा गर्दै जाने हो, भने नयाँ सहर हुनका लागी आवश्यक खानेपानी, खेलकुद मैदान, बसपार्क, मनोरञ्जन पार्क, आधुनिक बस्ती, विद्यालय, कलेज, अस्पताल, तरकारी बजार, औद्योगिक क्षेत्र, चक्रपथ निर्माण, बसपार्क निर्माण, डम्पिङ साइट लगायत पूर्वाधारको काम अहिलेकै अवस्थामा आयोजना भए सयौ बर्ष लाग्नेमा निश्चीत छ ।

तपाईको प्रतिक्रिया