Advertisement
SKIP THIS
एमालेले टुंग्यायो राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम, सुची सहित

काठमाडौं:नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।

सातै प्रदेशका क्लष्टरअनुसार १९ जना उम्मेदवारको नाम आज टुंगो लागेको हो । आइतबारको केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज अन्तिम रूप दिइएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

यी हुन् एमालेबाट राष्ट्रियसभा उम्मेदवारमा अघि सारिएका नाम

प्रदेश–१
खुलाः देवराज घिमिरे (झापा)
महिलाः सुमित्रा भण्डारी (झापा)
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)
प्रदेश–२
खुलाः असर्फी भिनवार यादव (धनुषा)
महिलाः बिना साह (रौतहट)
बागमती
खुलाः गोपाल शाक्य (ललितपुर)
महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)
गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
महिलाः लीला पोखरेल थनेत (नवलपुर)
दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)
लुम्बिनी
खुलाः रामदयाल गुप्ता (दाङ)
महिलाः भारती खनाल (बाँके)
दलितः कृष्णबहादुर सुनार (गुल्मी)
कर्णाली
खुलाः चूडामणि शर्मा (सुर्खेत)
महिलाः गंगा थापा महत (जुम्ला)
अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)
सूदुरपश्चिम
खलाः डिल्लीराज भट्ट (डोटी)
महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)
दलितः नरेश बिक (बैतडी)

तपाईको प्रतिक्रिया