निराकरण सम्वाददाता अछाम:युवा समाजसेवी कृष्ण कुँवरले अछाममा एन्जिला ट्रस्टको घोषणा गरेका छन् ।
आफ्नी छोरी एन्जिलाको १८ औं जन्म उत्सवको अवसरमा आईतवार साफेमा एन्जिला ट्रस्टको घोषणा गरेका छन् ।
मानवीय सेवा अछाम जिल्लामा अग्रपंक्तिमा रहेका कृष्ण कुँवरले आधिकारिक र जिवन्त रुपमा समाजसेवा गर्न एन्जिला ट्रस्टको घोषणा गरेका छन् । गरेका हुन ।
आफू आफ्ना परिवारका सदस्य र स्व: आफ्ना पिताको श्रृद्दामा कुँवरले बिभिन्न मानवीय सहयोगका कार्य गर्दै आएका छन् ।
अबका दिनमा यश अघि गर्दै आएको कार्यभन्दा फरक र आधिकारिक रुपमै समाजकल्याण परिषद् मा दर्ता गरि समाजसेवा लाग्ने कुँवरले बताए। छिटै एन्जिला ट्रस्टलाई मुर्त रुप दिने तयारी भईरेको बताए ।
आफ्ना परिवार सहित आफुले बार्षिक रुपमा आम्दानी गरेको केही अंश ट्रस्टमा जम्मा गर्दै जाने र सो रकम गरिबी असाहय ,स्वास्थ सेवा पहुँच नपुगेका नागरिक,दैवीप्रकोपमा खर्च गरिने प्रतावित एन्जिला ट्रस्टका संरक्षण कुँवरले बताए ।
यस्तै आर्थिक अभावकै कारण पढ्न नपाएका अनाथ बालबालिकाको पढाइमा समेत खर्च गरिने उनले बताए । बिगत ९ बर्ष देखि विभिन्न माध्यमबाट सामाजिक तथा परोपकारी काम गर्दै आईरहेको छु कवँरले भने उक्त कामको निरन्तरता दिन अब ट्रष्ट मार्फत अघि बढ्ने बताए । ट्रष्ट कुनै व्यक्तगत नभई सबैलाई समेटर समाज परिर्वतनका लागि काम गराईने उनको भनाई छ
हामीले गर्ने कार्य आफु आफ्ना परिवारका लागि मात्रै नभई समाजका लागि समेत गर्नुपर्छ भन्ने उदेश्यले एन्जिला ट्रस्टको घोषणा गरिएको कुँवरले बताए ।










