Advertisement
SKIP THIS
जन्म दिनमा शिक्षक बुढाद्वारा आफ्ना बिधार्थीलाई शैक्षिक सामाग्री सहयोग

निराकरण सम्वाददाता अछाम :जन्म दिनको अवसरमा प्रभा धमकोट तथा ब्यावसायी माध्यमिक बिधालयका  शिक्षक दिपक बहादुर बुढाले शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

शिक्षक बुढाले आफ्नो ३८ औं जन्म उत्सवको अवसरमा शनिबार आफ्नै बिधालयका  एसईई तयारीका लागि आवसिय रुपमा सिकाई गरिरहेका ५० जना बिधार्थीलाइई शैक्षिक सामाग्री प्रदान गरेका हुन।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बिधालयलाई नै घर सम्झी आवसीय रुपमा एसईईको तयारी गरिरहेका बिधार्थीलाई थोरै भएको सहज होस् भन्ने उदेश्यले सहयोग गरेको शिक्षक बुढाले बताए ।

तपाईको प्रतिक्रिया