Advertisement
SKIP THIS
अन्य बजेट कटौती गरेर भएपनी पालीका भित्रका भूमिहिनहरुलाई जग्गा धनी पुर्जा दिईन्छ , अध्यक्ष खड्काका भूमिहिनहरुलाई जग्गा धनी पुर्जा दिईन्छ , अध्यक्ष खड्का

गणेश खड्का अछाम:बान्नीगढी जयगढ गाउँपालिकामा पालीका भित्रका भूमिहिन र अब्यवस्थित बसोवासीहरूको तथ्याङ्क संकलन गर्न सहजकर्ता परिचान गरिएको छ ।

पालीका भित्रमा रहेका भूमिहिन र अब्यवस्थित बसोवासीहरूको तथ्याङ्क संकलन गर्न सहजकर्ता घर घरमा आउने हुदाँ उनिहरु सहि तथ्याङ्क दिन बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले अनुरोध गरेका छन । तथ्याङ्क संकलन पस्ताव पालीका भित्रमा रहेका भूमिहिन र अब्यवस्थित बसोवासीहरूलाई कसरी जग्गा धनी प्रमाण पत्र दिन सकीन्छ त्यो गरिने अध्यक्ष खड्काले बताए ।

जग्गा धनी पुर्जा दिने भनी लामो समय देखि अरुको जग्गा घर बनाई बसोबास गरिरहेकाहरुले जग्गा धनीबाट लाल पुर्जा नपाएका हरुले ज्याजती भोगिरहेका हुदाँ त्यो अन्त्य गर्ने उदेश्यले एफएमडिसीको सहयोगमा अभियान थालीएको गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए ।

आफ्नै कार्यकालमा बिकास बजेट कटौती गरेर भएपनी भूमिहिनहरुलाई जग्गा धनी प्रमाण पत्र दिने उदेश्यले काम गरिएको अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए ।

यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा पालीका भित्रका भूमिहिन र अब्यवस्थित बसोवासीहरूको तथ्याङ्क संकलन गर्न पौष १८ गते देखि गाउँपालीका भित्रका ६ वडा का १२ जना सहजकर्ता परिचान गरिएको बिकास र समाजिक परिवर्तनका लागि संञ्चार (एफएमडिसी)का अछाम जिल्ला संयोजक गणेश तिरुवाले जानकारी दिए ।

गाउँपालीका भित्रका भूमिहिन र अब्यवस्थित बसोवासीहरूको तथ्याङ्क संकलन गरि उनिहरुलाई जग्गा धनी प्रमाण पत्र बितरण गर्ने उदेश्यले बान्नीगढि जयगढ गाउँपालिकाको आर्थिक सहयोग र बिकास र समाजिक परिवर्तनका लागि संञ्चार (एफएमडिसी)को सहजिकरणमा गाउँपालीका भित्र रहेका भूमिहिन र अब्यवस्थित बसोवासीहरूको तथ्याङ्क संकलन गर्न लागिरहेको संयोजक तिरुवाले बताए ।

तपाईको प्रतिक्रिया