Advertisement
SKIP THIS
राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ,कांग्रेस नेता उपाध्याय  

डोटी:विपीले तत्कालीन समयमा अघि सारेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको नेपाली काङ्ग्रेसका नेता रामप्रसाद उपाध्ययले बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस शिखर नगर पालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका उपाध्ययले यस्तो बताएका हुन् ।      
                               
यसलाई औपचारिकतामा सीमित नराखी उक्त महत्वपुर्ण दिनको  मर्म र भावनालाई आत्मसात् गर्दै यस  महत्त्वपूर्ण  दिवसले सधैँभरि राष्ट्रिय एकता र आपसी मेलमिलापको महत्वपूर्ण सन्देश कांग्रेसजनलाई दिएको उनले बताए ।        
                               
नेपाली कांग्रेसका संस्थापक एवं कांग्रेसको  प्रजातान्त्रिक समाजवाद सिद्धान्तका प्रतिपादक महामानव वीपी कोइराला सहितका नेताहरू आठ वर्षसम्म भारतमा निर्वाशित जीवन बिताएर २०३३ पुस १६ गते स्वदेश फर्केको दिनको सम्झना गर्दै कांग्रेसले हरेक वर्ष पुस १६ गतेका दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ।

तपाईको प्रतिक्रिया