निराकरण सम्वाददाता अछाम:नेकपा एमाले अछाम जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाहले ८ औं जिल्ला अधिबेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार साफेबगरमा पत्रकार सम्मेलन गरि नेता शाहले ८ औं जिल्ला जिल्ला अधिबेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
२०४७ सालबाट बाजुराबाट बिद्यार्थी जिवनबाट राजनिती सुरु गरेका शाहले नेकपा एमाले अछामको ८ र्औ जिल्ला अधिबेशनमा आफुलाई जिल्ला अध्यक्षको बलीयो उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन ।
नेकपा एमालेको संगठन निमार्णमा ३० बर्ष भन्दा बढी समय खर्चेका शाहले २०४७ सालमा एसएलसी उत्तिर्ण गरेका थिए । २०४७ सालमा एसएलसी गरेका बेला देशमा रोजगारीका कयौ अवसर थीए । त्यी अवसरलाई छोड्दै समाज परिवर्तन राजनितीबाट मात्रै सम्भव छ, भन्दै राजनितीमा प्रबेश गरेको शाहले बताए ।
अछामका ९१ वटै वडाका प्रतिनीधीहरुले बिश्वास गर्नेमा आफु बिस्वस्थ रहेको बताए । केन्द्रमा टीके प्रथा भए जसरी अछाम जिल्लामा टेके प्रथा लाद्न खोजे आफु त्यसको भण्डार भोर गरेर अछाम जिल्लामा समान्तर कमीटी बिस्तार गर्ने समेत चेतावती दिए ।
आफु हालसम्म पार्टीको संगठन बिस्तारमा मात्रै केन्द्रित रहेको बताउदै अब नेत्तृव हाक्न र हाल फुटको पीडा भोगीरहेको अवस्थामा पार्टीलाई बलीयो बनाउन आफुले उम्मेदवारी दिएको बताए ।










